पांमा कप फुटबलमा आज तीन खेल सम्पन्न, मकालु फ्रेन्डस, सित्तलपाटी र एड्भान्स विजयी  




खाँदबारी । खाँदबारी ४ पांमामा जारी चौथो पांमा कप फुटबल प्रतियोगितामा आज ३ खेल सम्पन्न भएको छ । आजको पहिलो खेल मकालु फ्रेन्डस क्लब र खाँदबारी युथ क्लब बिच भएको थियो ।

उक्त खेलमा १-५ गोल अन्तरले मकालु फ्रेन्डस क्लबले जित हासिल गरेको हो । त्यस्तै, दोस्रो खेल सितलपाटी फुटबल क्लब र तिनपोखरी समाजविकास बिच भएको थियो । सो खेलमा १-१ गोलको बराबरी भएपछि टाईबेकरमा सित्तलपाटी विजयी बनेको छ । टाइब्रेकरमा ३-५ गोल गदै सितलपाटीले जित हासिल गरेको हो ।

तेस्रो खेल एडभान्स क्लब र कर्मशील क्लब पिप्ले बिच भएको थियो । सो खेलमा १-४ गोल अन्तरले एडभान्सले जित हासिल गरेको हो । हिजोबाट शुरू भएको प्रतियोगिताको २७ गते समापन हुनेछ । सो खेलमा १३ टिमको सहभागीता रहेको छ ।

सम्बन्धित समाचार