पांमा कपको फाईनलमा सितलपाटी फुटबल क्लब र आयोजक लोहोरुङ क्लब भिड्ने



संखुवासभा । चौथो पाङ्मा कप फुटबल प्रतियोगितामा सितलपाटी फुटबल क्लब र आयोजक लोहोरुङ क्लब विच प्रतिष्पर्धा हुने भएको छ । बिहीबार भएको प्रतियोगितामा आयोजक लोहोरुङ क्लब र मकालु फ्रेन्स क्लब बिच प्रतिस्पर्धा भएको थियो । दुबै टिम निर्धारित समय सम्म बराबर भएपछि टाइब्रेकरमा ५–४ ले आयोजक लोहोरुङ क्लब फाइनलमा प्रबेश गरेको हो ।

त्यसैगरि अर्को खेलमा सितलपाटी फुटबल क्लब र नयाँबजार युथक्लब बिच प्रतिस्पर्धा भएको थियो । दुबै टिम बराबर भएपछि टाइब्रेकरमा ५–४ ले सितलपाटी फाइनलमा प्रबेश गरेको हो । शुक्रबार (भोली) सितलपाटी फुटबल क्लब र आयोजक लोहोरुङ क्लब फाइनलको लागि भिड्नेछन् । भने नयाँबजार युथक्लब र मकालु फ्रेन्स क्लब दुबैले सान्त्वना पुरस्कार पाउनेछ ।

जिल्लाको खाँदबारी–४ पांमामा रहेको भगिवन्त रंगशालामा किराँतहरुको महान चाड उधौली पर्वको अवसरमा गएको आइतबारबाट प्रतियोगिता शुरु भएको प्रतियोतिा शुक्रबार समापन हुनेछ । उक्त प्रतियोगितामा १३ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेताले एक लाख १५ हजार, उपविजेता ५५ हजार र सान्त्वनालाई १५/१५ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त पर्नेछन् । त्यसैगरि प्रतियोगिताको सर्बोकृष्ट खेलाडी एक जनालाई ५ हजार नगद र ट्रफी, उत्कृष्ट गोलरक्षक एक जनालाई दुई हजार ५ सय रुपैया नगद र ट्रफी र सर्वाधिक गोलकर्ता एक जनालाई नगद दुई हजार ५ सय रुपैया र ट्रफी दिइने छ ।

सम्बन्धित समाचार