पांमा कप फुटबलको उपाधी सित्तलपार्टीलाई




खाँदबारी । चौथो पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधी सितलपाटी फुटबल क्लबले जितेको छ । शुक्रबार आयोजक लोहोरुङ क्लबलाई हराउदै सितलपाटीले उपाधी जीतेको हो । निर्धारित समयमा १ १ गोलको बराबरी भएपछि टाइब्रेकरमा ५-४ गोल अन्तरले सित्तलपाटीले उपाधी जितेको हो ।

प्रतियोगितामा नयाँबजार युथक्लब र मकालु फ्रेन्स क्लब सान्त्वना स्थानमा चित्त बुझाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडि लोहोरु क्लवका डगेन राई घोषित भए । उत्कृष्ठ गोल किपरमा सित्तलपाटीका रामु राई घोषित भएका छन् भने सर्वाधिक गोलकर्ता मकालु फ्रेन्स क्लवका मिलन परियार घोषित भएका छन् ।

प्रतियोगिताको विजेता सित्तलपार्टीले नगद एक लाख १५ हजार, उपविजेता लोहोरुङ क्लवले ५५ हजार र सान्त्वना हुने नयाँबजार र मकालु फ्रेन्सले १५/१५ हजार रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले नगद पाँच हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, उत्कृष्ठ गोल रक्षक र सर्वाधिक गोलकर्ताले नगद दुई हजार पाँच सय रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

समापन कार्यक्रम प्रतिनिधीसभा सदस्य एवं संघिय सांसद राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार