मादी नगरकप फुटबलको उपाधी धरानलाई




मादी । चौथो मादी नगरकप फुटबलको उपाधि फेयर फुटबल क्लव धरानले जितेको छ । फाइनलमा संखुवासभाको मिर्मिरे युवा क्लव तामाफोकलाई २,१ ले पराजित गर्दै धरान च्याम्पियन बनेको हो ।

हाङथुम् क्लवको खेलमैदान मादी मुलखर्कमा आज भएको खेलमा धरानलाई जिताउन मिलन राई र साजन राइले गोल गरे । खेलको ३८ अौं मिनेटमा वानभर्सेज वानमा बनाएको अबसरलाई मिलनले सहजै गोल गरे । यस्तै धरानले खेलको ६८ अौं मिनेटमा अग्रता दोब्बर बनायो । साजन राइले मैदानको मध्यभाग बाट ३ डिफेन्डरलाई बिट गर्दै गोल गरे । ७२ अौं मिनेटमा मिर्मिरेका तिर्थ तामाङले सान्त्वना गोल फर्काए ।

जित सँगै धरानले १ लाख १५ हजार प्राप्त गर्यो । उपविजेता बनेको मिर्मिरेले ७५ हजारमा चित्त बुझायो । धरानका मिलन प्रतियोगिताको उत्कृष्ट खेलाडी बने भने मिर्मिरेका प्रदिप जिमी उत्कृष्ट गोलरक्षक बने । यस्तै मिर्मिरेका अनिल जिमी सर्वाधिक गोलकर्ता बने । बेस्ट डिफेन्डर धरानका रमेश राजबंसी बने भने धरानकै असिम राई उत्कृष्ट मिडफिल्ड बने ।

सम्बन्धित समाचार