दोस्रो चिचिला कप भलिबल प्रतियोगिता आजबाट शुरु



संखुवासभा । ‘मत्स्यपोखरी जाऔं, पर्यटन प्रबद्र्धन बढाऔं । दोस्रो चिचिला कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०७७’ मा सहभागी हौं’ भन्ने नारासहित चिचिला गाउँपालिकामा भलिवल प्रतियोगिता आजबाट शुरु भएको छ ।

आजबाट शुरु भएको प्रतियोगिता आगामी ७ गते सम्म संचालन हुने चिचिला खेलकुद विकास समितिका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनुभयो । उहाँको अनुसार, चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा दोस्रो चिचिला कप पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । विगतका बर्षहरुलाई निरन्तरता दिर्दै यो बर्षपनि खुल्ला रुपमा दोस्रो चिचिला कप भलिवल प्रतियोगिताको आयोजना गरिएको हो ।

उक्त प्रतियोगिता जिल्लास्तरका स्थानीय तहमात्रै नभएर खुल्ला रुपमा आयोजना गरिएकाले जोसुकैले पनि सहभागीता जनाउन सक्नेछ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार ७० हजार, कप, मेडल, प्रमाणपत्र, दोस्रो ४० हजार, कप, मेडल, प्रमाणपत्र र तेस्रो २० हजार, कप, मेडल, प्रमाणपत्र र सान्त्वनाले १० हजार, कप, मेडल,प्रमाणपत्र प्राप्त गर्नेछ । भने उत्कृष्ट खेलाडीलाई २ हजार र मेडल प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार