युनिकले जित्यो दोस्रो चिचिला कप भलिवल प्रतियोगिताको उपाधी



चिचिला । संखुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा आयोजित दोस्रो चिचिला कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी यूनिक प्रेस खाँदबारीले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा युनिक प्रेस खाँदबारी टिम (ए) ले भोजपुर षडानन्द नगरपालिकालाई हराउर्दै प्रथम उपाधी जितेको हो । भने युनिक प्रेस टिम (बि)ले मकालु गाउँपालिकालाई हराउँर्दै तृतीय स्थान हासिल गरे । मकालु गाउँपालिका भने सान्त्वनामा नै चित्त बुझाउन बाध्य भए । गएको मंगलबारबाट शुरु भएको उक्त प्रतियोगिता जिल्लाभित्रका र बाहिरका गरि कुल १२ टिमले सहभागीता जनाएका थिए ।

‘मत्स्यपोखरी जाऔं, पर्यटन प्रबद्र्धन बढाऔं । दोस्रो चिचिला कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०७७’ मा सहभागी हौं’ भन्ने नारासहित चिचिला गाउँपालिकाले विगतका बर्षहरु झै यो बर्ष पनि भलिवल प्रतियोगिता आयोजना गरिएको चिचिला खेलकुद विकास समितिका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रथम हुने यूनिक प्रेसले पुरस्कार ७० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे । भने त्यसैगरि षडानन्द नगरपालिकाले दोस्रो स्थान भए बापत ४० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे । तेस्रो हुने युनिक प्रेस (बि)ले २० हजार, कप, मेडल, प्रमाणपत्र र सान्त्वना हुने मकालु गाउँपालिकाले ले १० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी भएवापत नेपाले डाँडाका बिवस लिम्बुले नगद २ हजार र मेडल प्राप्त गरेका थिए ।

प्रतियोगितको उपाधी कार्यक्रमका प्रमुख अतिथी पूर्वराज्यमन्त्री तारामान गुरुङ, चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा लगायतका अतिथीहरुले हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार