षडानन्द नगरपालीका १ मझुवाबेँसी भोजपुरमा योगमाया स्मृती कप हुदै



संखुवासभा । योगमाया खेलकुद बिकास समिती ष.न.पा.१ मझुवाबेँसी भोजपुरले योगमाया स्मृती कपको आयोजना गर्ने भएको छ । बिगत बर्षहरुमाझै यस बर्ष पनि महाशिबरात्रीको अबसर पारी आयोजना गरीएको हो ।

योगमाया स्मृती कप पञ्च वर्षाीय अन्तर वडा स्तरीय पुरुष भलीबल प्रतीयोगीता हुने भएको हो । प्रतीयोगीतामा क्रमश प्रथम,द्दीतीय, तृीतीय, हुने टीमलाइ नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ३५ हजार ५ सय ३५ रुपैयाँ, २५ हजार ५ सय २५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरीनेछ । साथै शान्त्वना हुने टिमलाई नगद १५ हजार ५ सय १५ रुपैयाँ साथमा प्रमाण पत्र प्रदान गरीनेछ ।

उत्कृष्ट ५ वटा बिधाका खेलाडीहरुलाइ जनही एक हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण पत्र समेत प्रदान गरीने छ ।

सम्बन्धित समाचार