एन्फाको लागि प्रदेश र केन्द्रिय छनौट खेलमा सङखुवासभाबाट अन्डर– १३ का १२ खेलाडी विदाई



सङखुवासभा । एन्फा एकेडेमि फुटबल छनौट खेलका लागि सङखुवासभाबाट छनौट भएका १३ वर्ष मुनिका १२ जना खेलाडिहरुलाइ खाँदबारी नगरपालिकालेआज विदाई गरेको छ ।

फागुन २१ र २२ गते धरानमा हुन लागेको प्रदेश स्तरीय छनौट खेलको लागि जिल्लाको १२ खेलाडिलाई विदाई गरेको हो । खेलाडिहरु प्रदेशबाट छनौट भई केन्द्रिय छनौटका लागि फागुन २८ र २९ गते काठमाडौँमा हुने खेलमा सहभागि हुने जनाएको छ ।खाँदबारी नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरि खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, शिक्षा तथा खेलकुद शाखाका प्रमुख दिपकमणि घिमिरे, जिल्ला फुटवल संघका अध्यक्ष भरत कुमार घिमिरे लगायतले खेलाडिहरुलाई खादा र अविर लगाई विदाई गरेका हुन् ।

कार्यक्रममा वोल्दै खाँदबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख दिपकमणि घिमिरेले खेलाडीहरुलाई प्रतिभा देखाएर राष्ट्रियस्तर सम्म चिनाउन शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार