वाना रनिङ शिल्ड पुरुष तथा महिला भलिबल प्रयोगीता सुरु, आज दोस्रो दीन ६ खेल सम्पन्न



संखुवासभा । संखुवासभाको पांचखपन नगरपालीका वाना मा वाना रनिङ शिल्ड पुरुष तथा महिला भलिबल प्रयोगीता हीजो बाट सुरु भएको छ ।

वाना युथ क्लब र वाना रंगाशाला प्रतिष्ठानको आयोजनामा भएको वाना रनिङ सिल्ड पुरुष तथा महिला भलिबल खेलमा आज शनिबार० ६ खेल समपन्न भएको छ । महिला तर्फ १ खेल र पुरुष तर्फ ५ खेल सम्पन्न भएको छ । पुरुष तर्फको खेलमा फुर्साङ कन्ट्रक्सन र मोति युथ क्लबबीच भएको खेलमा मोती युथ क्लबले विजयी भएको छ । आयोजक र तुम्लिङटारबीच भएको खेलमा तुम्लीङटारले, जनकल्याण युवा क्लब पाँचखपन १ र सभापोखरीबीच भएको खेलमा जनकल्याण युवा क्लब, वाना रुद्राक्ष भण्डार र नवयुग युथ क्लब पोखरीबीच भएको खेलमा वाना रुद्राक्ष भण्डार र सेवालुङ युथ क्लब र मोती युवा क्लबबीच भएको खेलमा मोती युथ क्लबले विजय हासिल गरेको छ। त्यस्तै महिला तर्फको लोमा पाँचखपन ९ ए र पाँचखपन ९ बी बीच भएको खेलमा ए टिमले विजय हासिल गरेको वाना युथ क्लबका सचिव टंक कुमार श्रेष्ठले जानकारी दिनुभयो । लिग चरणको बाँकी खेल भोलि हुने छ ।

शुक्रबारबाट सुरु भएको खेलमा पुरुष १२ टिम र महिलाको ९ टिम सहभागी रहेको छ । खुल्ला भलिबल खेलमा संखुवासभा भोजपुर लगायतका विभिन्न खेल समुहको सहभागी रहेको छ । शुक्रबार भएको उद्घाटन समारोहमा प्रमुख अतिथि पाँचखपन नगरपालिका प्रमुख विपिन राई रहेका थिए । विशिष्ट अतिथिमा उपप्रमुख भिमादेवी राई तथा अग्रज सहयोगी गुप्त बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । निर्माणाधिन वाना रंगशाला निर्माण सहयोगार्थ आयोजित खेलकुद प्रतियोगीताको समापन अगामी २४ गते महिला दिवसको दिन रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार