खाँदबारी उपमेयर कप कबड्डी प्रतियोगिता सुरु, पहिलो दिन ६ खेल सम्पन्न



खाँदबारी । खाँदबारी नगरपालिका खेलकुद विकास समितिको आयोजनामा आजबाट दोश्रो उपमेयर कम अन्तर वडा स्तरिय पुरुष तथा महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । खाँदबारी नगरपालिका ७ को खेलमैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो ।

कबड्डी प्रतियोगिता नगर प्रमुख मुरारी खतिवडाको प्रमुख आतिथ्यता तथा नगर खेलकुद विकास समिति अध्यक्ष लेखनाथ बुढाथोकीको अध्यक्षतामा उद्घाटन गरिएको हो । प्रतियोगितामा खाँदबारी नगरपालिकाका ११ वटै वडाबाट २२ टिम महिला र पुरुष खेलाडीहरुको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतियोगिताको आज पहिलो दिन महिला तर्फ ३ र पुरुष तफ ३ गरि ६ खेल सम्पन्न भएको छ । आज भएको पुरुष तर्फको खेलमा वडा नम्बर २ ले ६ लाई हराएको भने वडा नम्बर ८ ले ४ लाई हराएको छ । त्यस्तै वडा नम्बर ९ ले ३ लाई पनि पराजित गरेको छ । महिला तर्फ वडा नम्बर ८ ले ५ लाई, ३ ले ४ लाई र वडा नम्बर ७ ले १ लाई पराजित गरेको छ ।

प्रतियोगिता फागुन २६ गते सम्पन्न हुनेछ । दुवै तर्फका पहिलो, दोश्रो र तेश्रो हुने टिमले शिल्ड, मेडल र प्रमाण पत्र सहित नगद ३० हजार, २० हजार र १० रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी हुने प्रत्येक वडाको टिमलाई यातायात तथा आवास खर्च वापत एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराईने खेलकुद विकास समितिका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार