चिचिलामा यसरी सुरु गरियो राष्ट्रपति रनिङ शिल्ड (फोटो फिचर)



चिचिला । चिचिला गाउँपालिकामा राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु गरिएको छ । पालिका भित्रका ४ माध्यमिक विद्यालयहरुको सहभागितामा चिचिला बजार स्थीत पञ्चकन्य आधारभुत विद्यालयको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा उद्घाटन गरिएको हो । खेलकुद प्रतियोगितालाई पालिका अध्यक्ष शेर्पाले बेलुन उडाएर उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा जनप्रतिनधी, कर्मचारी, शिक्षक र विद्यार्थीहरुको उल्लेख्य उपस्थ्तिी रहेको थियो ।

प्रतियोगितामा १५ विधाका खेलहरु खेलाईने शिक्षा तथा खेलकुद विकास शाखाले जनाएको छ । भलिबल, बपर्दि, हाईजम्प, लङजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो, सर्टफुट, सय, दुई सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरको दौड प्रतियोगिता हुने विद्यालय सुपरिवेक्षक महेन्द्र राईले जानकारी दिनुभयो । प्रतियोगितामा धर्मदेवी मावि, जालपा मावि, प्रभात मावि र शरश्वती माविका विद्यार्थीहरुको सहभागीता रहने राईले जानकारी दिनुभयो ।

यो प्रतियोगिता सञ्चालनका लागि संघिय सरकारबाट एक लाख रुपैयाँ गाउँपालिकालाई प्राप्त भएको छ भने गाउँपालिकाले चालु आर्थिक बर्षमा एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

हेरौं उक्त प्रतियोगिता उद्घाटनको केहि तस्बिरहरु :

 

सम्बन्धित समाचार