खाँदबारीमा माध्यमीक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु



संखुवासभा । संखुवासभाको खाँदबारीमा माध्यमीक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज बाट सुरु भएको छ ।

खाँदबारी रङ्गशाला खाँदबारीमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिकाभित्रका १९ ओटा सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहेको छ । नगर खेलकुद विकास समितिले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन गरेको प्रतियोगितामा भलिबल, कवड्डी, एथ्लेटिक्स, मार्सल आर्ट, तेक्वान्दो, उसु लगायत बिभिन्न बिधाका खेलहरु हुनेछ।

प्रतियोगितामा विजेता विद्यालय र विद्यार्थीहरुले शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको उद्घाटन जिल्ला सम्वन्वय समितिका प्रमुख सुमन शाक्यले गर्नुभएको थियो । आजबाट सुरु भएको प्रतियोगिता चैत्र २२ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार