सिलिचोङ राष्ट्रपति कपको उपाधि सगरमाथाले जित्यो



ताम्कु । प्रथम सिलिचोङ अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सगरमाथा मावि ताम्कुले जितेको छ । सगरमाथाले १२ स्वर्ण र ३ रजत सहित पहिलो स्थान हात पारेको हो ।

३ स्वर्ण र ५ रजत पदक जितेको बाला मावि याम्दाङ दोश्रो भएका छन् । त्यस्तै, २ स्वर्ण र ९ रजत सहित बाला मावि बाला तेश्रो भएका छन् । महेश्वरी मावि याफुले २ स्वर्ण र ३ रजत जित्दै चौथो स्थानमा चित्त बुझाएका छन् भन् जीवजज्योति मावि मांतेवाले १ स्वर्णमा चित्त बुझाउनु परेको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स लगायतका १० विधाका खेलहरु खेलाईएको थियो । उक्त प्रतियोगितामा छात्र र छात्रा गरि २० खेल खेलाईएको थियो ।

सिलिचोङ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त प्रतियोगिता वडा नम्बर ३ ताम्कुको नागिटारमा सञ्चालन गरिएको थियो । सिलिचोङका ६ माध्यमिक विद्यालयहरु मध्ये कालिका मावि नेवाटार (सिसुवाखोला) को सहभागिता रहेको थिएन । प्रतियोगिताको उत्कृष्ठ टिमलाई जिल्ला स्तरिय प्रतियोगितामा पठाईने शिक्षा शाखा प्रमुख बुद्धि कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार