जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा चिचिलाबाट १५ खेलमा सहभागि हुँदै




खाँदबारी । बैशाख ३ र ४ गते खाँदबारीमा हुने जिल्ला स्तरिय राष्ट्पति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा चिचिला गाउँपालिका बाट १५ खेलमा ३० टिम सहभागी हुने भएका छन् । प्रतियोगितामा छात्र र छात्रा गरि ३० टिममा सहभागी हुने गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाले जनाएको छ ।

पालिकाबाट छात्र छात्रा दुवै समुहले भलिबल, कबड्डी, सय मिटर, दुई सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय र ३ हजार मिटरको दौडमा सहभागी हुने छन् । त्यस्तै, ४ गुणा एक सय, ४ गुणा ४ सय को रिले दौड, ज्याबलिङ थ्रो, सटफुटमा सहभागी हुने छन् । त्यस्तै हाई जम्प, लङ जम्प र त्रिपल जम्प गरि १५ विधाका खेलमा सहभागी हुने शिक्षा तथा खेलकुद विकास शाखाका अधिकृत बासुदेव कोईरालाले जानकारी दिनुभयो ।

सो खेलमा गत फागनु २८, २९ र बैशाख १ गते गाउँपालिकामा सञ्चालन गरिएको पालिका स्तरिय राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका विजेताहरु मात्र सहभागी हुने कोईरालाले जानकारी दिनुभयो । सो अनुसार धर्मदेवी मावि देविटार १४ खेलमा, प्रभात मावि बर्देउ ८ खेलमा, सरश्वती मावि ७ खेलमा र जालपा मावि डाँडागाउँ १ खेलमा सहभागी हुनेछन् ।

सम्बन्धित समाचार