आयोजक एड्भान्सले जित्यो अरुण भ्याली भेटेरेन्स फुटबल प्रतियोगिताको उपाधी



खाँदबारी । एड्भान्स क्लव मानेभञ्ज्याङले आयोजना गरेको अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिताको उपाधि आयोजक एड्भान्स क्लव मानेभञ्याङले जितेको छ । मंगलबार सम्पन्न फाईनल खेलमा लोहोरुङ क्लव पांमालाई हराउँदै एड्भान्सले उपाधि जितेको हो ।

उपविजेता बनेको लोहोरुङ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सेमिफाईनल खेलमा हाङथुङ क्लव मादिलाई हराउदै एड्भान्स फाईनल चरणमा पुगेको हो । लोहोरुङ क्लव पाङमाले मिर्मिरे क्लव तामाफोकलाई हराएको थियो ।

प्रतियोगिताको विजेता एड्भान्सले ७५ हजार रुपैँया नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उपविजेता लोहोरुङ क्लवले नगद ५० हजार रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमि फाईनलसम्म पुगेको हाङ्थुङ क्लव मादि र मिर्मिरे क्लब तामाफोकले १५, १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भएका एड्भान्स क्लवका दिपक चौहानले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

३० बर्ष माथिका खेलाडीहरुको मात्र सहभागिता हुने भेटेरेन्स कप फुटबल प्रतियोगिता महेन्द्र माविको खेलमैदानमा चैत्र २८ गतेबाट सुरु भएको हो । प्रतियोगितामा सङ्खुवासभाका १० टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार