भोजपुरमा जारी चौथो अन्तराष्ट्रिय भोजपुर गोल्डकपः ईलामलाई हराउदै वुटवल सेमिफाइनलमा प्रवेश



भोजपुर । भोजपुरमाजारी चौथो अन्तराष्ट्रिय भोजपुर गोल्डकपमा रेडहर्स क्लव इलामलाई हराउदै गोर्खा व्वाइज रुपन्देहि सेमिफाइनमा प्रवेश गरेको छ ।

भोजपुर गोल्डकपको क्वाटर फाइनलको अन्तिम खेलमा गोर्खा व्वाइज रुपन्देहिले १–०को संघर्षपूण जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा निर्धारीत समयमागोल हुन सकेन । खेलको दोस्रो हाफको अन्तिममा थपिएको अतिरिक्त समयमा रेडहर्स कल्बइलामका खेलाडीले डिबक्स नजिकैफल गरेपछि पाएको फ्रिकिकलाई गोर्खा व्वाइजका अजित गुरुङ्गले गोलमा परिणत गरेकाथिए । खेलको दौरान दैवै टीमले पाएको अवसरहरुलाई गोलमा परिणत गर्न सकेका थिएनन ।

यो संगै गोल्डकपका क्वाटरफाइनलका सबै खेल सकिएको छ । भोली हुने क्वाटरफाइनलको पहिलो खेलमाभगवति स्पोर्टस कल्बखोटाङ्ग र अफ्रिकन रुट्स एशोसियसनक्यामरुन विच हुनेछ । सेमिफाइनलको अर्को खेल शुक्रवार आयोजक भोजपुर र गोर्खा व्याइज रुपन्देहिविच हुनेछ । जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता बैशाख ११ गते सम्म सञ्चालनहुने छ । स्थानिय टुडिखेलमा सञ्चालन भैरहेको खेलमाअन्तराष्ट्रिय टिम सहित ८ वटा टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले ५ लाख नगद र उपविजेताले ३ लाख रुपैया हातपार्नेछन् ।

सम्बन्धित समाचार