प्रदेश १ मा आज मात्र १६८ कोरोना संक्रमित थपिए



विराटनगर । प्रदेश १ मा आज १६८ जनाकोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर मा आज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमित मध्ये ४६ जना महिला र ५१ जनापुरुष छन् । मोरंगको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरी शनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापागाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, ते¥हथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमितमध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६६६ जना छन् । प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार