प्रदेश १ मा आज २०२ जनाकोरोना संक्रमित थपिए



प्रदेश १ मा आज २०२जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा ११४,झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ३५ महिला र ५५ पुरुषगरि ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २–२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीयतहनखुलेको १–१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४–४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमलगाउँपालिकामा १–१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १–१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ३१ हजार ६४६पुगेको छ । संक्रमितमध्ये २९ हजार ९५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २०५पुगेको छ । ७४७जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार