प्रदेश सरकारद्धारा कोरोना रोकथाम अभियान शुरु



विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथामतथा नियन्त्रणका लागिजनचेतनामुलकअभियानको शुरुवात गरेको छ ।

विराटनगर वसपार्कबाट अभियानको शुरुवातगरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमाअभियानको शुरुवात गरेको जनाएको छ । सामाजिकविकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमाअभियानको शुरुवातगरिएको हो ।

अभियानशुभारम्भ गर्दै सामाजिकविकास मन्त्रीउषाकला राईले कोरोनाबाट बच्नकालागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायमगर्न आवस्यक रहेकोमाजोड दिनुभयो । उहाँले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालनागर्न आग्रहगर्नुभयो । सवैको सहयोगले मात्र कोरोना नियन्त्रण संभव रहेको उहाँले बताउनुभयो । मन्त्री राईले सामाजिक चेतनाकालागि कोरोना नियन्त्रणको अभियानथालिएको बताउनुभयो । अभियानको शुरुवातगर्दै मन्त्री राईले विनामास्क हिड्नेहरुलाई मास्कलगाईदिनु भएको थियो ।

कार्यक्रममाप्रमुखजिल्लाअधिकारी कोशहरि निरौला, सामाजिकविकास मन्त्रालयका सचिवगोविन्दबहादुर कार्की, इन्सेककाप्रदेश १ प्रमुखसोमराजथापा, स्काउट प्रदेश १ का संयोजक रविखनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता रहेको थियो । सामाजिकविकास मन्त्रालयले मोरंग बाहेककाजिल्लाहरुमापनि सांकेतिक रुपमाअभियान सञ्चालनगरिने जनाएको छ । जनचेतनामुलकअभियान शुरुगर्नु पुर्व सामाजिकविकास मन्त्री राईले आज सामाजिकविकास मन्त्रालयमा सरोकारवालासँग छलफल गर्नु भएको थियो ।

सम्बन्धित समाचार