संखुवासभाकामा भोली बाट सबै शैक्षिक संस्थाहरु बन्द



संखुवासभा । संखुवासभाका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयको हलमा बसेको कोभिड १९ संकट ब्यबस्थापन समिति (डिसिसिएमसि)को बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौ लगायत तराईका विभिन्न जिल्लाहरुबाट घर फर्किनेहरुको लर्को लागेकाले कोभिड–१९ को संक्रमण जोखिम बढेको भन्र्दै जिल्लाका १० वटै स्थानीय तह भित्रका शैक्षिक संस्थाहरुको पठनपाठन बन्द गर्नुका साथै दक्षिणी नाका टुटेदेउराली र केवाखोलामा चेकजाँच गर्ने निर्णय गरेको हो । बैशाख १७ गते शुक्रबार देखी जिल्लाका सम्पूर्ण शैक्षिक संघसंस्थाहरुको पठनपाठन बन्द गर्ने र जिल्ला भित्रिने नाकाहरु टुटेदेउराली र केवाखोलामा चेकजाँच गर्न शुरुवात गर्ने निर्णय गरिएको कोभिड १९ संकट ब्यबस्थापन समिति ९डिसिसिएमसि०का संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले कोभिड १९ को न्यूनीकरणका लागि नागरिक आफैपनि सचेत रहन आग्रह गरे ।
जिल्लाका सबै विद्यालयहरु बन्द गर्ने र स्रोत साधान भएका विद्यालयहरुले भर्चुअल र दुरशिक्षा प्रणालीबाट पठनपाठा गर्नसक्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाका कार्यालय प्रमुख केशव भट्टराईले बताए । उनले स्वास्थ्य भन्दा ठूलो चीज पढाई नभएकाले लुकीछुपी भिडभाड गरि टयूसन सेन्टरहरु समेत संचालन नगर्न अनुरोध गरे ।

कोभिड १९ संक्रमण जोखिम बढ्र्दै गइरहेको सन्दर्भमा संखुवासभा जिल्लामा कोभिड १९ अस्पताल र आइसोलेसन तयारीमा अवस्थामा रहेको स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटीले बताए । उनले नाकामा चेकजाँच गर्दा संक्रमित भेटिए आइसोलेनमा राखिने स्पष्ट पारे । सबै नागरिकहरुले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्ने, जथाभावी भीडभाड नगर्ने, बजार पसलमा भीडभाड नगर्ने लगायतका थुप्रै निर्णयहरु गरिएको छ ।

सम्बन्धित समाचार