९६ वेडको कोभिड अस्पताल सञ्चालन



विराटनगर । प्रदेश १ सरकारले आज देखि कोरोना संक्रमितको उपचारको लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा आएको हो । अस्पतालमा आज देखि विरामी भर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नु अघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गर्नुभएको थियो । अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारको लागिप्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताउनु भयो । उहाँले संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताउनुभयो । उहाँले निजी अस्पताल हरुसँग पनि छलफल भईरहेको बताउनुभयो । मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्ला स्तरमा पनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागिजिल्ला अस्पताल हरुलाई निर्देशन दिईसकिएको बताउनुभयोे । विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवस्यक देखिएको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश १ का ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको बताउनुभयो । उहाँले विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टा बारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताउनुभयो । कोभिड अस्पतालको लागि आवस्यक जनशक्तिको व्यवस्थापन भईसकेको बताउनुभयो । एउटा सिफ्टमा १९ जना रहने गरि व्यवस्थापन गरिएको मन्त्री राईले बताउनुभयो । अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भईरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार