जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा बहुमत 


११ श्रावण २०७८, सोमबार


जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो।

आयोगमा उपेन्द्र-बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ।

सम्बन्धित समाचार