प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीको शुभकामना सन्देश


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले पनि ट्वीटरमार्फत यस्तो जानकारी दिएकी छन् ।

‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनुभएको छ । सन्देशमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवाको कार्यकालमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताउनुभएको छ’राजदूत होउले लेखेकी छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री देउवासँग टेलिफोन संवाद गरेको भोलिपल्ट चिनियाँ प्रधानमन्त्रीको शुभकामना सन्देश आएको हो ।

सम्बन्धित समाचार