लुम्बिनीमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौं । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन्।

पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको भन्दै जसपाको उपेन्द्र यादव पक्षले १४ वैशाखमा तीनैजना सांसदलाई पदमुक्त गरेको थियो।

भौतिक पूर्वाधार विकास मन्त्री बनेका सन्तोष पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका बिजयबहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन रायमाझी शर्माको संसद पद गुमेको हो।

उनीहरु फेरि पार्टीको सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। तर सर्वोच्चले उनीहरुकै पक्षमा फैसला गरेपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए।

सम्बन्धित समाचार