गण्डकी प्रदेश प्रमुख गुरुङको प्रतिवद्धता : संविधानको मर्मअनुसार काम गर्छु


१६ श्रावण २०७८, शनिबार


चितवन । गण्डकी प्रदेशका नवनियुक्त प्रमुख पृथ्वीमान गुरुङले संविधानको मर्म अनुसार समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले प्रचलित ऐन कानून र लोतन्त्रको संस्थागत मजबुतीका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रवार गृह जिल्ला चितवनमा पुगेका गुरुङले भरतपुर विमानस्थलमा पत्रकारसँग आफ्नो वुद्धि र विवेक अनुसार प्रदेश विकासमा लागिपर्ने बताए। ‘संविधानअनुसार म सक्रिय राजनीतिमा छैन, सबै दलहसँग उत्तिकै समन्वयमा हुन्छु ’ उनले भने ‘मेरो बुद्धि विवेकले भ्याएसम्म प्रदेशको विकास र उन्नतीमा लाग्नेछु ।’

पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने पनि उनको प्रतिवद्धता थियो । गुरुङले सक्रिय राजनीतिबाट टाढा बसेर सबै दलको भावना समेट्दै अघि बढ्ने पनि बताए । गुरुङलाई चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।

सम्बन्धित समाचार