बिर्तामोडको होटलमा खोप लुकाउने कर्मचारीलाई कारबाहीको माग गर्दै नगरपालिकामा तालाबन्दी


१६ श्रावण २०७८, शनिबार


झापा । बिर्तामोड नगरपालिकाको कार्यालयमा शनिवार बिहान विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। होटेलमा खोप लुकाएको आरोपमा पक्राउ परेका नगरपालिकाका कोभिड पर्सन ओमबहादुर खड्कालाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिएको थियो।

खड्कालाई प्रहरीले बिनाकारबाही राति नै छाडिदिएको विरोधमा स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ झापा र अखिल क्रान्तिकारी झापाले नगरपालिका कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका हुन्। खडकालाई कारबाहीको माग गर्दै तालाबन्दी गरेपछि नगरपालिका परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सम्बन्धित समाचार