महाकवि देवकोटाको घर भत्काउन थालियो, सङ्ग्रहालय बनाइने


२१ श्रावण २०७८, बिहिबार


काठमाण्डौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर सङ्ग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाण्डौ महानगरपालिका ३० मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले सङ्ग्रहालय बनाउन लागेको हो ।

महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । उहाँहरूको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।

महाकवि देवकोटाको घर सरकारले दुई करोड ५० लाख रुपैयाँमा किनेको हो । देवकोटाले त्यो घर विसं १९९० सालतिर किनेको बताइएको छ ।

सम्बन्धित समाचार