उपत्यका देखि चुचुरोसम्म


२१ श्रावण २०७८, बिहिबार


बर्षको एक ठाउँ खुब मनोहर घुम्नैपर्छ लौ भनी
मनले मात्र हुँदैन मित्रहरु हो चाहिन्छ तागत पनि

तागत र मनपनि भए सँगमा साथ दिन्छन् उनै ईश्वर
मैमत्ता ठानेमा दिँदैनन् जानलाई त्यही एक बित्ता पर

यस्तैमा मित्रजनमा गफ हुनगयो जाँउ न त घुम्न भनि
कैलाश पर्वत जाँउ घुम्दै हटिया विचमा साल्दिम पनि

सल्लाहमा रमाउने एकथरी बाटो लाग्ने एक थरी
मिल्ने त मन हो मित्रजन हो आउन्न मौका घरि घरि

गाडिमा एघार जनाको समुह लागियो गोला तिर
गुरुजी राम्रा परेछन र नत्र, च्यान हुन्थ्यो खोलातिर

सातु सामल ओढ्ने विछ्यौना कपडाको भारी छ
गन्तव्य सोधे भन्छन् मित्रहरु, अब ५ डाँडा पारी छ

उकालो बाटो गह्रौ, ढुङ्गा बोके झैँ झोलामा
लड्दै र अघि बढ्दै साँझमा, पुगियो भोट खोलामा

वरुण नदीपरी एक सुनौलो, सुन्दर ठाउँ भेटियो
तातो भात खाई पल्टिँरहँदा, थकान बिहान मेटियो

भयो झलमल नौलो लोकमा, घाम आए लौ उठ भनी
तातोपानी गई नित्य गरियो, यात्राका यात्री पनि

थपियो एक सहयात्री कुकुर भोटे, रस्ता देखाउँछु भनि
लेकको त्यो पाताल भिर पहरा, गर्ला सुरक्षा पनि

मध्यान्ह पुगियो हुंगुङ भन्ने, त्यो बिशाल गाउँमा
झुरुप्प मिलेका वस्तीहरू, अनेकौं देशका नाउँमा

ढिंडो र सुपको स्वादिलो खानाले, भोको पेट भरियो
विजुली सहितको सुन्दर बस्तिको, दृष्यपान गरियो

गह्रौ झोला झ्याम्टा बोकि उकालो, लाग्नुछ मित्रजन
गलियो तापनि गन्तव्य जानुछ, पुगिन्न बसिकन

कालो जंगल जुका स्याउँस्याउँ, एकनासले हिड्छ जो
लेकको बाटोमा साहसिलो भनि, पदवी नै पाउँछ त्यो

हिड्ने बानी हराका भुँडी लागेका, जो जान्छन् रहर गरी
स्वाँ स्वाँ हुन्छ आँसु चुन्छ त्यसको, पाउँछ सजा हर घडी

६ घण्टा उकालो हिडेर पुगियो, बाघखिम भन्ने त्यो ठाउँ
दुरविन लाएनि छैन पदचिन्ह, न देखिन्छ कुनै गाउँ

आलु उसिनेर नुनमा चोवि, खाईयो भईयो टन्न
ज्यान दुःखेको दबाई पिईयो, कान तात्यो भइयो रन्न

तिनटा त्भलत १२ जनालाई, मिलेर सुत्नुपर्छ
सल्ला भो सुतौ छिटै, सबेरै उठ्नुपर्छ

सुतियो एकछिनमै दर्कियो पानी, आधा ज्यान भो चिसो
क्भिभउष्लन दबन ले छाड्यो साथ, साथीमा भैयो लिसो

निन्द्राले पेलेको साथिले ठेलेको, झकाउँदै मिरमिरे
अप्ठ्यारो भएको बेलामा जा भन्छ, बाहिर तिरतिरे

बिहान उठ्दा प्रकृति देख्दा मनले, जा भन्यो उडि माथि
दृष्यले सबको हलुङ्गो मन भो, उकालो लागौ साथि

बोकेका खानाको साथले पुर्‍यायो, ४ घण्टामा टाकुरा
भञ्ज्याङको दृष्यको बयान नगरु, स्वर्गको एक टुकुरा

पोप्टिमा पुगेर खाइयो जाउलो, भोक भयो पुर्ण शान्त
नेपाल नै यति सुन्दर छ मित्र, नजाउ घुम्न अन्त

पश्चात् बाटो लागियो हेर्दै, मनमोहक हिमाली लहर
ठाउँ देख्दा हुन्छ सबलाई, घर बनाई बस्ने रहर

कामैबिना घोटेर मोबाइल, बसेको खै के जिन्दगी
दृष्य भर्दै मनमा छटाका, डुलेको पो जिन्दगी

जिन्दगीको अर्थै खोजे आफ्नै, परिभाषा हुन्छ
तर मलाई किन हो यार, प्रकृतिले छुन्छ

खिच्दै तस्विर मनमा हिँडियो टाकुरा, बास्ना अति मधुर
धुपी, सुनपाती अरु के के हुन्, हज्जारौ फुलका के कुरा

कहिले डाँडामा कैले बेशीमा, यात्रा निरन्तर गर्यौँ
आयो खोलाखर्क वेशी सुन्दर, पेट हल्का त्यही भर्यौ

छोटो जिवन भएका फुलहरु, गर्दै तँछाड र मछाड
हजारौ फुल मिली दिन्छन् सुवास, छिचोल्दै ति डाँडा पहाड

३ घण्टा तेर्सो हिडि पुगियो, थप दुई घण्टा साल्दिम
बाटोमा गलेको सम्झिन्छु हरपल , भिरमुनि झोला फाल्दिम

दुखको बराबर सुख हुनगयो, पुग्दाखेरि त्यो थलो
हेर्दै चउर, छाँगा र छहरा वसौ, त्यही भै चौरी गोठालो

घण्टौ हिडी छिचोल्न असम्भव, उपत्यका त्यो विशाल
हिँउका लहर पग्लि बगिरहेको, झरना पाखा निश्चल

ताजा छुर्पी, चौरी दहीले सितल, भयो प्रफुल्लित मन
भोक तिर्खा तृप्त हुँदा मिल्ने, सुख् धेरै भन्दा त्यो धन

बिहानीको घामले मोतिलहर, सुन झै माथि टल्केका
काव्यमा वर्णित सुन्दर स्वर्गलोक, मै हुँ हेर भनी झल्केका

हेरी मन तृप्त नहुने प्रकृतिको, त्यो काख भरिपूर्ण
हेर्दै मनका ताप चिन्ता दुर भै, मन हुने खुसीले पुर्ण

क्षणभरका यात्रीहरु हामी त, पक्डिदै आफ्नै गति
गह्रौं मन लिई विदा भईयो, मन थेन जान रत्ति

हिँडियो घारी घुरि पहरा छिचोल्दै, नयाँ गन्तव्य मनमा
३ घण्टा हिडी खाजा खाएसी, शक्ती आयो तनमा

७ घण्टा उकालो झरी सँगसगै, बाटो त खोज्नुपर्ने
गलेको सम्झिए मर्नु हुन्छ मन यो, जिवनै रोज्नुपर्ने

ताकत हुने पशिना नचुने, माथि पुगे धेर जन
साथि टाढा पुगेको देखेर, हरेश खायो मन

गल्नेजति पछाडि छाडिए, विस्तारै आउँछु भनि
विस्तार विस्तार चलिरहे पाइला, पुग्नु त छ नि भनि

दैव, देउता सबलाई भाकल गरी, वलदेउ भिनसेन भनी
बल्ल बल्ल सकियो कठिन पथ, आउला नि सहज पनि

ठुलो सुन्तले भन्ने गोठमा, वास भयो हर्ष मानि
धन्न वास पाईयो नत्र मरने, छाड्दिउँ आरामका बानी

दुई भाई गोठमा साँघुरो एक, पाल मात्र छ टाँगेको
बिचरा अवर परेभनि दयालुले, दिए कुरा मागेको

ज्यानका लुगा भिजेर निथ्रुक्कै, छैन फुकाल्ने हुर्मत
झोलामा ओभाना लुगा भएपनि, छैन लाउने तागत

बुबा भन्नुहुन्थ्यो बाबै सुन याँ ूखोजपछि भेटिन्छू
खोजेँ भेटे भोग्नु पर्छ नानातरह, चेत खुल्छ जब रेटिन्छ

मुख्य दुखहरु १ दिन हिडाईले, त्यो सबै टाढा गयो
विहान सँगै आयो किरण नयाँ, सुर्य लिएर आयो

वरीपरी हरिया र स्फटिकका, हिमाल दन्तलहर
हेर्दै एकटक बसिरहे नि महिनौ, मर्दैन अझ रहर

सयौ फोटा क्यामरा र मनमा, अद्भुत कैद गरियो
कोलाहलले बर्षौ वोझ भरेको, मन हलुङ्गो गरियो

दुध दही चिसो पानी लेकको, खाँदै अनेकौं गोठमा
ओभाए झरिले भिजेका कपडा, मुस्कान आयो ओठमा

जति उकालो उता चढेथ्यौ, त्यति नै झरियो यता
खुट्टा थर्थर भए ओरालीमा, झर्यौँ समात्दै लता

दिउँसै पुगियो लक्ष वासमा, आनन्द वासको तर्कना
परिचित रमणिय फाँट त्यो, सुन्दर याङ्ले खर्कमा

कपडा टाँगिए जुका फालिए, ज्यानले पायो तातो
आत्मबल दह्रो भो मनको, फर्किई आयो सातो

खुसी भई नाचगान गरियो, मनाईयो हर्षोल्लास
आगामी दिन पनि यस्तै खुसहाल, यै रह्यो सबको आश

भोलि सबेरै नित्य सकेर भैयो , कैलाश जान तर्खर
वरुण नुहाई शुद्ध लुगा लाई, चिसो पानी प्रखर

केही सरल बाटोमा चालियो, पाइला फटाफट
उकालो पहराको बाटोमा, शंकर दिन्छन् आँट

कैलाश पर्वत पुगी नुहाउँदा, शरिर सबै चङ्गा भो
हज्जारौ फुलका बगैंचा देखेर, मन सबैको दङ्ग भो

सयौ फिट माथिबाट चट्टान तोडि, गङ्गाजल निषृत भो
नुहाउँदै जलमा भक्तजनले ूजय शम्भोू ध्वनी गुञ्जित भो

सारा विश्वलाई कल्याणकारी, शक्ति शंकर देलान्
आशा गरौ सबैलाई सुख दिइ, सन्ताप आफैले लेलान्

उमेर छदै तागत रहदै, त्याँ पुग्ने मौका मिलाउ
थोरै भएनि मनको विकार, भक्तिभावले सिलाउ

त्यैँ छन शिव भनेर म एक्लै , ठोकुवा कसरी गर्नु
जाँतही छन उनैको हो सबै, प्रकृतिले मन भर्नु

मिथ्या संसारको मायाजालको,स्व( स्वरूप सबले बुझौँ
भिरमा देउता छन् भन्ने होइन मित्रहो, मनमै छ हृदय पुजौ

शाश्वत प्रकृति देखिकन जसको कोमल, हृदय रसाउँछ
लाग्छ मलाई त्याग्छ मोह त्यसले, ईश मनमा बसाउँछ

जाँबाट आएको त्यहि मिलि अन्त्यमा, एकदिन त मर्नुछ
सके साक्षात्कार गर्नु नत्र खुशीले, हृदय यो भर्नुछ

सोच्छौँ हामी हल्का भक्तिभावमा, ईश्वर प्रकट हुन्छन
सयौ बर्ष तपस्या गर्दा ऋषिले, नभेटी धर्धर रुन्छन् रे

अप्रिय कुरा गरेजस्तो लाग्न सक्छ मित्रजनहो, संसार बुझ्ने गरौ
आफ्नो स्थान, आकार, बुझेर मित्रजनको चित्त, नदुखाई मरौ

छाडी सबथोक त्यागी ममता, आफ्ना ठानेका सारा
प्रकृतिको प्रकृतिमै मिल्छ उड्छ नभमा, अनन्तमा एक तारा

प्राकृतिक सुन्दरताको दृष्यले , लोभि आँखा भरियो
शिव, गणेश, पार्वती को दर्शन गरी, फेरी तल झरियो

ज्यान तल झर्यो तर लोभी आँखाले, अझै माथि च्याउँछ
मातापिता छाडेर तल आईस भनि, मन यो घच्घच्याँउँछ

यात्रा तेर्सियो ताकेर अर्को गन्तव्य, लाङ्माले नामको ठाउँ
नाकमा हिमाल ठोक्किने स्फटिकसरिका, भुलिने आफ्नै नाउँ

याक होटलमा भयो खानपान सब , बन्दोबस्ती रात्रीको
आरामलेबसियो नाचगानमा रमियो, पुनस् भो खुसी मन यात्रीको

भोलि बिहान मणीजडित हिमालका, काखको बाटो सुन्दर
कल्पनातीत सुन्दर र मनोहर, सुनपातीको बास्ना मधुर

क्जभचकजयलन हिमताल तुत्से मुनिको, अति विशाल भयानक
हिमपहिरो झरिगो गर्जदै विशाल स्वर, डर भयो अचानक

फर्किई तहाबाट उत्तरतिर, लागियो आधारशिविर
दुधपोखरी नामको पोखरी छ जहाँ, वरुण जस्को शिर

वरीपरीको दृष्यको त के कुरा, बरु मनै खोल्दिन
जो त्यहाँ पुगी रस चाख्छ तव वात, गर्छु ऐले केही बोल्दिन

मकालुको शिर देखियो अजङ्गको, अग्लो त्यो सुनको गजुर
यसरी त केही थाहा पाईन्न मित्रजन हो, आउनुहोस् न हजुर

वेसक्याम्पमा खाजा खाइ पुनस् सबले, हर्षोल्लास खुब गरियो।
वर्णनातित प्रकृति देखि मनको, तृष्णा त्यसै भरियो

फर्कि लाङ्माले खाना खाएर एकक्षण आराम गरि वसेका
यात्राका मुख्य ६ दिनका दुखका, कुरा सम्झी हाँसेका

छुट्यो ६ दिनको सहयात्री चमेली , बाँध्दा धर्धरी त्यो रोयो
बाटोमा गरेको रेखदेख सम्झी त्यसले, सबको हृदय छोयो

ज्यान हिँड्यो तलतिर याङ्ले हुँदै, वास फेमाताङमा भयो
मन भने चमेली र लेकको सुन्दर, हिमालैमा रह्यो

भोलिपल्ट दोबाटे हुँदै ठुलो डाँडा, वास भयो च्याक्सेगाउँ
नाम पनि लेखिएको छ यात्री रुपमा, ब्मखबलअभ यात्री नाउँ

अर्कोदिन सेदुवा हुँदै आरामले, साधन चाम्लाखर्कमा
यात्रा तेर्सियो खाँदबारी गन्तव्य, मन छोडियो उतै खर्कमा

सुख् दुःख् जिन्दगी यस्तै प्याराहरु हो , फेरि जाउँला कतै
वचाए भने ईश्वरले तारा नथपिए, ज्यान हुन्छ घुम्दै यतै

बिर बहादुर, ईश्वर, मेदिनी, सन्तोष, साथमा छन सिताराम
प्रारब्धको नियमले सँगै घुम्यौ, कैलाशपर्वतको धाम

पंकज, एविन, निरञ्जन भाई अनि, सांग्रि र रिञ्जेन भोटे
भक्त दाजु साथै चमेली कुकुर पनि कोही बिचैमा छुटे

सबलाई हृदयको आभार चढाउँछु, प्रिय सहयात्रीहरू
शब्द छैनन् व्यक्त गर्न भावना, परममित्रहरु

९ दिनको रमाइलो यात्रा हुनगो, खुसी भो सबको हाल
भेट्या छुट्या मित्रहरुलाई, सम्झनाका लाखौं छाल।

…….दिपक कोइराला

सम्बन्धित समाचार