कांग्रेसले बोलायो साउन २८ गते केन्द्रीय कार्यसमिति बैठक


२३ श्रावण २०७८, शनिबार


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक साउन २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने सो पार्टीले जनाएको छ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु उपस्थिति हुने पौडेलले जानकारी दिए।

सम्बन्धित समाचार