लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


२७ श्रावण २०७८, बुधबार


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।

राजीनामा बुझाउनका लागि मुख्यमन्त्री पोखरेलले अहिले प्रदेश प्रमुख अमिक शेरचनको कार्यलयमा रहेको एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले थाहाखबरलाई जानकारी दिए।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीको राजीनामाबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको बताए।

सम्बन्धित समाचार