लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त


२८ श्रावण २०७८, बिहिबार


काठमाण्डौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र १ ुकु बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

हिजो बुधवार मुख्यमन्त्री पदबाट शङ्कर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर बहुमतसहित सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो । मुख्यमन्त्री केसीको शपथ आजै ४ बजे हुनेछ ।

सम्बन्धित समाचार