लुम्बिनी प्रदेश सभाको बैठक बस्दै



काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ।

आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

गत साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावका लागि बोलाइएको विशेष अधिवेशन सोही दिन अन्त्य भएको थियो।

पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आंकलन गरिएको छ।

सम्बन्धित समाचार