निर्वाचन आयोगमा एमालेले पठायो नयाँ केन्द्रीय कमिटी



काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटीको परिमार्जित सूची निर्वाचन आयोगमा दर्ता गरेको छ ।

प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एमालेले मंगलबार २६० जना सदस्यको सूची आयोगमा पठाएको हो । नेकपा एमालेमा यसअघि २६४ केन्द्रीय सदस्य थिए । मंगलबार दिउँसो बसेको स्थायी समिति बैठकले नयाँ सूची पठाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमालेले नयाँ सूची अध्यावधिक गरेको हो । यससँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको प्रतिवाद गर्ने भन्दै एमाले नेताहरुले चेतावनी दिएका छन् । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशबाट नेकपा एमाले र जनता समाजवादी पार्टी बढी प्रभावित बन्ने टिप्पणी हुन थालेको छ ।

सम्बन्धित समाचार