चैनपुर । नेपाल तेक्वान्दो संघ संखुवासभाको दोश्रो जिल्ला अधिबेशन बुधबार खाँँदबारीमा सम्पन्न भएको छ । संघका केन्द्रिय सदस्य बिजय न्यौपानेको प्रमुख आतिथ्यतामा संचालन भएको अधिवेशनले लक्ष्मण लिङ्थेपको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा रिन्जिन शेर्पा, सचीवमा सन्जय पोर्तेल, कोषाध्यक्षमा मिङ्तेङ्वा शेर्पा चयन भएका छ्न। अध्यक्ष लिङ्थेपले संघ सञ्चालनका लागि पुन कार्यकाल दोहो¥याएका हुन् ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका प्रदेश महासचिव गोपाल राई लगाएत जिल्लामा रहेका तेक्वान्दोसँग आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
-साजन राई
प्रतिक्रिया