चिचिलामा पशु स्वास्थ्य शिविर सम्पन्न, २७० बढी पशुपालक लाभान्वित



खाँदबारी । चिचिला गाउँपालिका पशु विकाश शाखाले वडा स्तरीय पशु स्वास्थ्य सिविर सञ्चालन गरेको छ । पशु स्वास्थ्य प्राविधिकहरु प्रत्येक वडामा पुगेर घर पालुवा पशुहरुको उपचार, बन्ध्याकरण तथा औषधी वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

आर्थिक बर्ष २०८०।८१ को स्वीकृत कार्यक्रम तथा बजेटबाट वडा स्तरीय घुम्ति शिविर सञ्चालन गरिएको पशु विकास शाखाले जनाएको छ । माघ ४ गते वडा नम्बर ५ मा, ५ गते वडा नम्बर ४ मा, ७ गते वडा नम्बर ३ मा र ८ गते वडा नम्बर २ मा शिविर सञ्चालन गरिएको पशु प्राविधिक रविन विश्वकर्माले जानकारी दिनुभयो । वडा नम्बर १ मा भने पशु सेवा शाखाबाट नै सेवा दिईने भएकोले शिविर नराखिएको उहाँले जनकारी दिनुभयो ।

४ वटा वडामा राखिएको शिविरबाट २ सय सत्तरी पशुपालकहरुले लाभ लिएको पशु विकास शाखा प्रमुख दिर्घमान कुलुले जानकारी दिनुभयो । शिविरमा ल्याईएको पशुको उपचार तथा औषधि वितरण निशुल्क गरिएको कुलुङले जानकारी दिनुभयो । शिविर सञ्चालन गर्नको लागि ३ लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो । उक्त बजेटले आवश्यक औषधी तथा उपकरणहरु खरिद र ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार