प्रत्येक वडाबाट सामाजिक सुरक्षा भत्ता बाड्दै चिचिला गाउँपालिका



खाँदबारी । चिचिला गाउँपालिकाको दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । गाउँपालिकाको लाभग्राहिहरुलाई वडाबाटै भत्ता वितरण कार्य सुरु गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता बैंक मार्फत नै वितरण गर्नु पर्ने निति ल्याएसँगै अन्य स्थानीय तहहरुले बैंकबाट नै भत्ता वितरण गर्नेे गरेको छ । तर चिचिला गाउँपालिकाले भने प्रभु बैंक चिचिला शाखासँग समन्वय गरि प्रत्येक वडाबाट नै भत्ता वितरण गर्दै आएको हो ।

प्रत्येक वडाबाट भत्ता वितरण गरिएसँगै गाउँपालिकाको केन्द्रमा रहेको बैँंकसम्म धाउनु पर्ने बाध्यता हटेको छ । तर वडामा वितरण गरिएको दिन लाभग्राहि वा लाभग्राहिको संरक्षक भत्ता लिन नआएमा पालिकाको बैंकमा नै पुगेर लिनु पर्ने ब्यवस्था गरिएको छ ।

यस पटकको भत्ता वितरण वडा नम्बर ५ बाट सुरु गरिएको छ । भत्ता वितरणको पहिलो दिन सोमबार वडा नम्बर ५ मा लाभग्राहिलाई भत्ता वितरण गरिएको छ । त्यस्तै, वडा नम्बर ४ मा मंगलबार, वडा नम्बर ३ मा बुधबार र वडा नम्बर २ मा बिहिबार भत्ता वितरण गरिने पञ्जिकरण ईएम्आईएस फिल्ड सहायक लोकेन्द्र राईले जानकारी दिनुभयो ।

चिचिला गाउँपालिकामा ८५३ जना लाभग्राहि छन् ।

सम्बन्धित समाचार