अरुण तेस्रो : हाइटेन्सन लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन



संखुवासभा । संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना अन्तर्गत ४०० केभी प्रशारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ । सोमबार खाँदबारी नगरपालिका–३ चिसोपानी गुम्बामा स्थानीय जग्गादाताहरुको भेलाले ‘अरुण तेस्रो ४०० केभी प्रशारण लाइन मुआब्जा सरोकार समिति’ गठन गरिएको हो । उक्त भेलाले ३९ सदस्यीय समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा किशोरकुमार गुरुङलाई सर्वसहमत चयन गरेका छन् भने उपाध्यक्षद्धय उपाध्यक्ष कुमार गुरुङ र जेविन राई, सचिव छविलाल गुरुङ, सहसचिवद्धय लालबहाहदुर दर्जी र योगराज कटुवाल चयन भएका छन् । आमन्त्रित सदस्यहरु खाँदबारी नगरपालिका वडा नं। १ का अध्यक्ष निरन्जन श्रेष्ठ, २ नम्बरका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, ३ नम्बरका अध्यक्ष भरतकुमार घिमिरे, ४ नम्बरका अध्यक्ष सजित राई र ८ नम्बरका अध्यक्ष डम्बर कटुवाललाई राखिएको छ भने चिचिला गाउँपालिका अन्तर्गत १ नम्बर वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, २ नम्बरका अध्यक्ष मिरबहादुर राई र ३ नम्बर का।वा। अध्यक्ष इन्द्रबहादुर राईलाई चयन गरिएको नवनिर्वाचीत अध्यक्ष किशोरकुमार गुरुङले जानकारी दिए । उनले अरुण तेस्रोको पावारहाउस पुखुवा देखि दिदिङ, छयाङकुटीडाँडा हुर्दै चिसोपानी गुम्बा हुदैै सशस्त्र क्याम्पबाट चेवाबेसी हुर्दै भोजपुर–खोटाङ लैजाने हाइटेन्सन लाइनको मुआब्जा बारेमा स्पष्ट नभएकाले सरोकार समिति गठन गरिएको जनाएको छ ।

हाइटेन्सन लाइनमा चिचिला गाउँपालिका भित्रका वडा नम्बर १, २ र ३ पर्छ भने खाँदबारी नगरपालिकाभित्रका वडा नम्बर ४, ३, २ र १ पर्छ । सो सात वटा वडाभित्रका करिब ५९४ घरधुरीको जग्गा पर्छ । यसभित्र केही सरकारी स्वामित्व जग्गा समेत परेको बुझिएको छ । त्यसैले ति जग्जाधनीहरुलाई मुआब्जा बापत उचित क्षतिपुर्ति दिनुपर्ने उनीहरुको माग छ । अहिले हाइटेन्सनको टावर बस्ने जग्गा मात्रै पास गरेर लिई त्यसको मात्रै मुआब्जा दिने भन्ने बुझिएकाले त्यसको आपत्ति छ । टावर बस्ने क्षेत्रको करिब ४६ मिटर जग्गा टावरले कभर गर्छ, त्यसको चाँहीको २५ प्रतिशत मात्रै मुआब्जा दिई पास नगर्ने भन्ने तयारी बुझिएकाले जग्गाधनीहरुलाई त्यो मान्य नभएको सो भेलाले निर्णय गरेको छ । सो भेलाले हाइटेन्सन मुनीको जग्गाको पनि मुआब्जा दिनुपर्ने पर्छ, त्यो हाइटेन्सन मुनी घरटहरा बनाउन नमिल्ने र खेतापाती गर्न समेत समस्या हुने भएकाले त्यसको समेत उचित क्षतिपुर्ति दिनुपर्ने स्थानीयको माग छ ।

अरुण तेस्रोको काम तिव्र गतिमा भईरहेको छ । भारतीय सजलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ । मुलुकको नै बहुचर्चित अरुण तेस्रो जलविद्युत्त आयोजनाबाट नौ सय मेगावाट विद्युत्त उत्पादन हुने जनाएको छ ।

सम्बन्धित समाचार