नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। भारतमा संक्रमण दरमा ६ प्रतिशत कमी आएको छ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ९० हजार ८९ छ। साथै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ हजार २ सय ४१ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ४६ लाख ४४ हजार ३८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसँगै हालसम्म भारतमा कोरोना खोप लगाउनेको संख्या १ अरब ७१ करोड २८ लाख १९ हजार ९४७ पुगेको छ ।
प्रतिक्रिया