काठमाण्डौ । तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरले आज पनि मौसम सामान्यतया सफा नै हुने बताउनुभयो ।
पहाडी क्षेत्रका एकरदुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।
विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया