एमसिसी संसदमा टेबुल हुन कसैले रोक्न सक्दैन : पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्।

सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा नेता पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी रोकेर नराख्ने बताएका हुन्।

पौडेलले भने, ‘अब एमसिसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसिसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ।’ नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए।

जबरामाथि नेपाल बार एसोसिएसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनुलाई स्वभाविक रुपमै लिनुपर्ने उनको भनाइ छ।

जबराले सम्मानजनक बहिर्गमनको बाटो नरोजेकाले महाभियोगको प्रस्ताव ल्याइएको पौडेलले बताए।

सम्बन्धित समाचार