दीपनकुमार श्रेष्ठको अर्को गीत ‘सानु तिम्रो’ सार्वजनिक (भिडियो सहित)



संखुवासभा । गीतकार तथा नेपाली काँग्रेसका नेता दीपनकुमार श्रेष्ठको ‘सानु तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार किरण क्रिएसन युटयुव च्यानल मार्फत सो गीत सार्वजनिक गरिएको हो ।

गायक तथा संगीतकार सुरेन्द्र पुलामीले संगीत भरेको उक्त गीत नेपाल आइडलका फाइनलिष्ट प्रविण बेडवालले गाएका हुन् । उक्त गीतको संगीत संयोजन भने भविन ढुङगानाले गरेका हुन् । आज प्रणय दिवशको अवसर पारेर गीत सार्वजनिक गरिएको गीतकार श्रेष्ठले बताएका छन् । राजनितीका साथसाथै श्रेष्ठ एक कुशल गीतकार समेत हुन् । उनले हालसम्म चार सय बढि गीत रचना गरेका छन् । त्यस मध्ये हाल डेढ दर्जन भन्दा बढि गीत रेकर्ड भएर बजारमा आईसकेका छन् । उनको शब्दमा चर्चित गायक राजेशपायल राई, भीषण मुकारुङ, भविन ढुङगाना, मेलिना राई लगायतले स्वर दिईसकेका छन् ।

श्रेष्ठले लेखेका गीतहरु मध्ये केहि गीतमा आफैले संगीत समेत दिएका छन् । रीता राईको स्वरमा रहेको ‘खोस्यौ दैव दृष्टि मेरो’ र सुजिता पोख्रेलको स्वरमा रहेको ‘बाबा’ बोलको गीतमा श्रेष्ठ आफैले संगीत दिएका थिए ।

श्रेष्ठ विद्यार्थीकालदेखि नै राजनितिमा सक्रिय छन् । उनी नेपाली काँग्रेसको सचिव हुदैं निवर्तमान जिल्ला सभापति समेत हुन् । श्रेष्ठ हाल महाधिबेसन प्रतिनिधी तथा महासमिति सदस्य समेत हुन् । खाँदबारी नगरपालिका–१ का स्थायीबासिन्दा श्रेष्ठ बौद्धिक नेताको रुपमा समेत परिचित छन् ।

सम्बन्धित समाचार