माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको उनले बताए । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आवश्यक निर्देशन दिने छन् ।

आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । सो बैठकमा एमसीसी टेबुल गर्ने तयारी छ । एमसीसीविरुद्धको जनमतका कारण माओवादी नेतृत्वलाई भने एमसीसी संसदबाट पास नगर्न दबाव छ ।

सम्बन्धित समाचार