कार्यव्यवस्थाको बैठकमा जसपा अनुपस्थित



काठमाडौं । संसदको कार्यसूची तय गर्न आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ ।

सभामुख अग्नि सापकोटाले आज बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र जसपाका नेता अनुपस्थित भएका हुन् । कार्यव्यवस्था बैठकमा जसपाका प्रमोद शाह आउने गर्दथे । आजको बैठकमा उनी अनुपस्थित रहे ।

एमसीसीको विरोधमा जसपाभित्र दुई धार छ । संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने जनकपुरमा छन् । उनीमाथि एमसीसी छल्न जनकपुरमै रहेको आरोप छ ।

 

सम्बन्धित समाचार