विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ९९ लाख नाघ्यो



विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ९९ लाख ६८ हजार पुगेको छ। जसमध्ये सात करोड २८ लाखभन्दा बढी संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १९ लाख ९२ हजार संक्रमित भएका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै जर्मनीमा २ लाख २७ हजारजना रहेका छन्। यस्तै‚ रसियामा १ लाख ८० हजार‚ ब्रजिलमा १ लाख २९ हजार‚ फ्रान्समा ९२ हजार, टर्कीमा ९२ हजार, अमेरिकामा ८५ हजार, इटालीमा ५७ हजार, बेलायतमा ५१ हजार र भारतमा २४ हजार संक्रमित थपिएका छन्।

यसैबीच सोही अवधिमा १० हजार ६०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १ हजार ७००, ब्रजिलमा ११ हजार, रसियामा ७०० र भारतमा ४०० रहेका छन्। विश्वभर ३४ करोड ११ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन्।

सम्बन्धित समाचार