एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । अहिले केहीबेरमा सचिवालय बैठक बस्ने प्रवक्ता जगनाथ खतिवडाले बताए ।

शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई दिएको छ । एकीकृत समाजवादीले एमसीसी संसदमा पेश दिएको छ ।

तर सम्मानित नेता झलनाथ खनालले एमसीसी पेश गरिएकोमा संसदमै उभिएर विरोध जनाएका थिए । सोमबारको प्रतिनिधिसभामा एमसीसी पेश भएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

सम्बन्धित समाचार