एमालेलाई नीतिगत रूपमा अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन



काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय विभागका प्रमुखहरूको बैठक बसेको छ। बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आआफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरुले पार्टी कामका सन्दर्भमा धारणा राखे। बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरुको उपस्थिति थियो ।

विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ।

 

सम्बन्धित समाचार