एमसिसीबारे धारणा बनाउन जसपाले बोलायो बैठक



काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे धारणा बनाउन जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ।

स्थानीय निर्वाचन, पार्टीको विधान अधिवेशन, एमसिसी र पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गर्नका लागि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन्।

बैठक फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने जनाइएको छ।

एमसिसी संसदमा टेबल भएपछि जसपाले आधिकारिक धारणा तय गर्नको लागि बैठक बोलाइएको छ। एमसिसीलाई लिएर हालसम्म अध्यक्ष यादवले मुख नखोलेको भएपनि संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले एमसिसी पास गर्नुपर्ने बताउँदै आइरहेका छन्।

अध्यक्ष यादवको भूमिकालाई लिएर डा। भट्टराई पक्ष रुष्ट बनिरहेको छ। एमसिसीबारे छलफल गर्न १२ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

 

सम्बन्धित समाचार