चिचिलामा तामझामका साथ यसरी गरियाे मनाेनयन दर्ता (फाेटाे फिचर)



खाँदबारी । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि चिचिला गाउँपालिकामा चार दलले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मंगोल नेशनल अर्गनाईजेशन पार्टीले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट पुर्व गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा र उपाध्यक्षमा मनकला राईले उमेद्वारी दिएका हुन् । नेकपा एमालेबाट पालिका अध्यक्ष पदमा रामबहादुर गुरुङ र उपाध्यक्षमा विष्णुकुमारी राईले उमेद्वारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा रिपु प्रसाद राई (आरपी) र उपाध्यक्षमा तिर्थमाया राईको मनोनयन दर्ता गरिएको हो ।

मंगोल नेशनल अर्गनाईजेशन पार्टीको तर्फबाट अध्यक्ष पदमा ईन्द्रकुमारी गुरुङ र उपाध्यक्षमा प्रदेश राईले उमेद्वारी दिएका छन् । कांग्रेस, माओवादी र एमालेले पाँच वटै वडामा उमेद्वारी दिदा मंगोलले वडा नम्बर १ र ३ मा मात्र वडा अध्यक्षमा उमेद्वारी दिएको निर्वाचन अधिकृत शान्ति प्रसाद शर्माले जानकारी दिनुभयो ।

चिचिला गाउँपालिका संखुवासभाको दश स्थानीय तहहरु मध्ये सवैभन्दा कम मतदाता भएको पालिका हो । यस पालिकामा ५ हजार ६ सय ९४ जना मतदाता रहेका छन् । हेराैं, चिचिला गाउँपालिकामा गरिएकाे मनाेनयन दर्ताकाे केहि तस्विरहरु:

सम्बन्धित समाचार