थप ३२ जनामा कोरोना संक्रमण, २१७ जना सक्रिय संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१६ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६९७ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार ४ हजार २५५ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

Contact Us