एकै मञ्चबाट तारामान र दिपकको गठबन्धनलाई जिताउन आग्रह



बैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिएसँगै संखुवासभामा गठवन्धनको चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रम तीव्र रुपमा अघि बढेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी ९जसपा० लगायतका पाँच दलिय गठबन्धनले संयुक्त रुपमा जिल्लाको १० वटा पालिका मध्ये ७ पालिकामा चुनावी तालमेल गरी चुनावी प्रचारप्रसारलाई मित्रवत रुपमा अघि बढाएको छ ।

आसन्न निर्वाचनका लागि नगर प्रमुख उप–प्रमुख, वडाध्यक्ष तथा सदस्यहरु सहितको उमेदवारहरुले आ–आफ्नो वडा देखि पालिका सम्म सुशासन सहितको आर्थिक सम्मृद्धि ल्याउने वाचाका साथ घरदैलो अभियानमा जुटेको देखिन्छ । गठबन्धनको चुनावी प्रचारको क्रममा भएको वडास्तरीय कार्यक्रमहरुमा नेपाली काँग्रेसमा नेकपा एमाले पार्टी परित्याग गरी प्रवेश गर्नेको लहर नै चलेको देखिन्छ । जिल्लाको खाँदवारी, चैनपुर, धर्मदेवी, मादी र पाँचखपन नगरपालिका र अन्य ५ गाउँपालिका सहित १० वटै पालिकाले चुनावी प्रचार एवं घरदैलो कार्यक्रमलाई तिव्रता दिएको पार्टी श्रोतले जनाएको छ ।

गठबन्धनको चुनावी प्रचारको क्रममा चैनपर नगरपालिका स्थित वडा नं। ५ मा आज शनिबार सम्पन्न भएको एक कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा कार्यक्रमको प्रमुख अतिथि पूर्व राज्यमन्त्री तथा केन्द्रिय सदस्य तारामान गुरुङ्गले एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य गर्न संविधानको भावना र मर्मलाई पुरा गर्न,आमजनताले मागेको भूगोलले मागेको भावना र मर्मलाई पुरा गर्ने वाचाका साथ गठवन्धनको आवश्यकता रहेकोले सम्पूर्ण गठवन्धनको उमेदवारलाई विजयी गराउन अग्रह गरे ।

चुनावी प्रचारको वडा भेलामा पूर्व राज्यमन्त्री एवं नेपाली काँग्रेसका जिल्ला सभापति दीपक खड्काले आजको आवश्यकता गठबन्धनको भएकोले गठबन्धनमा रहेको उमेदवारहरुको चुनाव चिन्हमा प्रभावकारी मतदाता शिक्षाका माध्यमबाट मतदाताहरुलाई सूसुचित गराएर मत दिएमा गठबन्धनको विजय सुनिश्चित हुने बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुको आवश्यकता भनेको सत्ता र शक्तिको लागि नभई गठबन्धन मुलकको नेतृत्व गर्न, जनताको हक अधिकार स्थापित गर्नको लागि राष्ट्रको समृद्धिको लागि भएको नेपाली काँग्रेस संखुवासभाका पूर्व जिल्ला सभापति दिपन कुमार श्रेष्ठले बताए ।
गठवन्धन राष्ट्रिय आवश्यकता भएको वताउनुहुँदै पूर्व जिल्ला सभापति श्रेष्ठले भ्रष्टाचारको विरुद्ध, प्रतिगमनको विरुद्ध, कुशासनको विरुद्ध, अन्याय अत्याचारको विरुद्ध र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता परेको वताए ।

केपी ओलीले दुई तिहाई बहुमतको सरकारलाई दुरुपयोग, सिंहदरवारलाई भ्रष्टाचारको अखडा वनाएको, जनताको हकअधिकार खोसेको आरोप लगाउदै त्यसको विरुद्ध गठबन्धनको आवश्यकता रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं संविधानसभा सदस्य विना पौडेल, नेकपा एकीकृत समाजवादी पार्र्टी पोलिट व्यूरो सदस्य उमेशकुमार डाँगी, गठबन्धनको तर्फबाट नेपाली काँग्रेस चैनपुर नगर प्रमुखका उमेदवार ज्ञानबहादुर कार्की, गठबन्धन माओवादी केन्द्र चैनपुर नगर उपप्रमुखका उमेदवार लाखमान तामाङ, गठबन्धन वडाध्यक्ष चैनपुर नं। वडा ५ बाट नेपाली काँग्रेसका भीमकुमार शेर्पा लगायतका वक्ताहरुले आ–आफ्ना धारण राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव कुमारबाबु अधिकारी, नेपाली काँग्रेस क्षेत्रीय सभापति प्रदेश ‘ख’ का दीपेन्द्रमान शाक्य, नेपाली काँग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि गोकुल खत्री, माओवादी केन्द्र नगरकमिटिका उपाध्यक्ष पासाङ शेर्पा लगायत केन्द्र स्तरदेखि वडा स्तर सम्मका गठबन्धनका नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको कार्यक्रम सञ्चालक खड्ग कार्कीले वताए ।

यसैगरी जिल्लाका १० वटै पालिकामा चनावी प्रचारप्रसारका लागि नेकपा एमालेले आफ्ना पाटीका उमेदवारहरुलाई घरदैलो सम्म पु¥याएर घरदैलो अभियानलाई तिब्रता दिएको छ ।

सम्बन्धित समाचार